#शिक्षासम्बन्धीनीति-२०७७/७८ राष्ट्रपति विद्यादेवी भण्डारीले आज आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रतिनिधि सभामा प्रस्तुत गरेकी छिन् । सो नीति तथा कार्यक्रममा शिक्षाका बारेमा यस्तो तर्जुमा गरिएको छः सबै नेपालीलाई देशभक्त, भविष्यप्रति आशावान, सभ्य, सुसंस्कृत, योग्य, प्रतिस्पर्धी, उद्यमशील, सिर्जनशील र आत्मविश्वास नागरिक बनाउने यस सरकारको शिक्षा नीति हो । राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अवसरका आधारमा जनशक्तिको प्रक्षेपण गरी विषय क्षेक्रगत जनशत्ति उत्पादन गरिनेछ । राष्ट्रिय योग्यता प्रारुपको ढाँचा कार्यान्वयनमा ल्याइनेछ । आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गरिनेछ । विकास निर्माण र सामाजिक सेवाका क्षेक्रमा विषेशज्ञ जनशत्तिको अभाव रहेको छ । आवश्यक जनशक्ति विकासका लागि कृषि तथा वन, पर्यावरण, विज्ञान तथा प्रविधि, चिकित्सा, आयुर्वेद, पर्यटन, इन्जिनियरिङ, आर्टिफिसियल इन्टिलिजेन्स, सुरुङ प्रविधि तथा रक इन्जिनियरिङ, खनिज अन्वेषण, जल विद्युत नवीकरणीय उर्जा लगायतका विशिष्टिकृत विधामा उच्च शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानम...